Logo
Logo

मदिरा पिलाएर ललितपुरको जंगलमा किशोरीको सामूहिक बलात्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख ।
ललितपुरको गोदावरीस्थित जंगलमा एक किशोरीको बलात्कार भएको छ । गोदावरी नगरपालिका ३ को मार्बल फयाक्ट्री माथिको जंगलमा १४ वर्षकी बालिकालाई मादकपदार्थ खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।


पाँचथर फिदिम घर भई गोदावरी ३ बस्ने २४ वर्षका रमेश लिम्बु र उदयपुर, कटारी घर भई गोदावरी बस्दै आएका २४ वर्षीय विवेक मैनालीले पालैपालो बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छन्। उनीहरूलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान भइरहेको सातदोबाटो प्रहरीले जनाएको छ ।
घुम्न भनेर जंगलभित्र लगेर उनीहरुले बलात्कार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्