Logo
Logo

‘बाहुबली’ प्रभासलाई एकैपटक आएको थियो ६ हजार युवतीको विवाह प्रस्ताव



एजेन्सी । ‘बाहुबली’ स्टार प्रभासले फिल्म क्षेत्रमा १८ वर्ष पूरा गरेका छन् । ४२ वर्षको उमेरमा प्रभासले दर्जनौँ सुपरहिट फिल्ममा काम गरेका छन् । उनले ‘बाहुबली’ को पहिलो र दोस्रो सीक्वलका लागि मात्रै ५ वर्ष मेहनत गरेका थिए ।

उनले राजमौली र बाहुबलीका लागि ७ वर्ष पनि दिन तयार भएको बताउँदै आएका छन् । प्रभासले सन् २००२ बाट फिल्ममा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्म सन् २००२ मा ‘ईश्वर’ नामक तेलुगु भाषामा रहेको छ । तर, उनले उक्त फिल्मबाट खासै पहिचान बनाउन सकेनन् । उनले सन् २००४ मा खेलेको ‘वर्षम’ ले भने उनलाई हिरो बनाउन सफल भयो । उनले अभिनय गरेका प्रायः फिल्मले चर्चा बटुलेका छन् ।

उनलाई सबैभन्दा बढी चर्चा ‘बाहुबली’ले दिलायो । यसले विश्वभर करिब १५०० करोड (भारतीय रुपियाँ) कमाएको थियो । प्रभासलाई ‘बाहुबली २’ को सफलतापछि ६ हजार युवतीले विवाहका लागि प्रस्ताव राखेका थिए । तर, उनले कुनै पनि युवतीसँग विवाह गर्न मानेनन् ।

प्रभासले एक पटकमा एउटा मात्रै फिल्ममा काम गर्ने नीति बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्