Logo
Logo

वीरगञ्ज मगन्ते निरुत्साही पार्दै प्रहरी



वीरगञ्ज । विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिक स्थलमा पैसा माग्नेहरुलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ ।

देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो ।
त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को संख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते रहेको अनुमान गरिन्छ । बालबालिकादेखि वृद्धवृद्धा उमेर समूहका भारतीय मगन्ते सक्रिय छन् ।

विभिन्न भेषमा शारीरिकरुपमा अशक्त देखिने गरी नक्कली मगन्तेले सर्वसाधारणलाई दुःख दिन थालेपछि यस्तालाई निरुत्साहित पार्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्