
काठमाडौं । बुढानीलकण्ठस्थित होटेल लेमन ट्रीमा रहेको गरुड क्यासिनोमा जुवा खेलिरहेका ११ नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ २९ गते राति करिब २ बजेको समयमा छापा हानेर त्यहाँबाट ११ जना नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विकी लामा, नुवाड शेर्पा, पासाङ शेर्पा, ज्योती मगर, नारायण खत्री, दिल लामा, अशोक लामा, सञ्जय तामाङ, आशिष खड्का, सबिनमान श्रेष्ठ र सुदीप अधिकारी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट १० लाख ८५ हजार ६०० रुपैयाँ नेपाली नगद, विभिन्न दरका ६ लाख ७८ हजार ५ सय रुपैयाँ बराबरका क्यासिनो क्वाइनहरू र ९ थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेका सबैजनामाथि जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
















