Logo
Logo

डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने


126
Shares

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।

काठमान्डु  गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जानकारी गराएको हो । उनी एनपीएल खेल्न आउने हालसम्मकै अस्ट्रेलिया ठूला खेलाडी हुन् ।

यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका थिए ।

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतियोगिता जितेका छन् ।

वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् । यी सफलतालाई हेर्दा उनी एनपील खेल्न आउने हाल सम्मकै सबैभन्दा ठुला खेलाडी हुन् ।  

उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी पनि हुन् । वार्नरले टी-२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् । समग्र टी-२० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्