Logo
Logo

उच्च अदालतका ७ न्यायाधिशको जिम्मेवारी हेरफेर गर्न सिफारिस


378
Shares

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका केही न्यायाधिशको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको छ ।मङ्गलवार बसेको परिषद्को बैठकले उच्च अदालतका तीन जना न्यायाधिशलाई सरुवा गर्न र चार जनालाई काजमा अन्यत्र खटाउन सिफारिस गरेको हो । 

The current image has no alternative text. The file name is: naya-parisad.jpg

उच्च अदालत विराटनगरका न्यायधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलास, वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न परिषद्ले सिफारिस गरेको हो । 

त्यस्तै परिषद्ले अरु चार जनालाई पनि काज सरुवा गर्न सिफारिस गरेको छ । इलाम इजलासका नातिबाबु लामिछानेलाई उच्च अदालत पाटन, वीरगन्ज इजलासका गोकर्ण डाँगीलाई सर्वोच्च, नेपालगन्ज इजलासबाट सकुन्तला घिमिरेलाई जुम्ला इजलास र वीरगन्ज इजलासबाट अर्जुन अधिकारीलाई सर्वोच्च सरुवा गर्न सिफारिस गरिएको छ । 

नवनियुक्त तीन न्यायाधीशको पनि पदस्थापन सिफारिस गरिएको छ । भद्रकाली पोखरेल उच्च अदालत सुर्खेत, हिमलाल बेल्बाले उच्च अदालत जनकपुर, गजेन्द्रबहादुर सिंह उच्च अदालत विराटनगर पदस्थापन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्