Logo
Logo

बागमती प्रदेशमा कुन दलले कुन मन्त्रालय पाउँदै ?



काठमाडौं । बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार गठन गर्दैछ । नेकपा एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन । सरकार गठनको हुने भएपछि सत्ता गठबन्धनले भागबन्डासमेत लगभग टुंगो लागेको छ ।

माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालय पाएको छ । गठबन्धनमा आवद्ध जसपाबाट एकजना मन्त्री बन्ने पक्का रहेको छ । तर, जसपाका एक मात्र सांसद प्रेम तामाङको विषयलाई लिएर जसपा नै अन्योल देखिन्छ । उनले जसपा छोड्न लागेको हल्ला चलेपछि जसपाले थप निर्णय गर्न सकेको छैनन ।

गठबन्धनका ४ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) मात्रै सरकारमा सहभागी हुनेछन । राष्ट्रिय जनमोर्चा भने गठबन्धनमा रहे पनि कुनै पनि सरकारमा सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस्