Logo
Logo

चौथो बेलबारी गोल्डकप : राराद्वारा आयोजक डाँगीहाट युथ क्लब पराजित



मोरङ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा रारा फुटवल क्लव धनकुटा विजयी भएको छ । आइतबार धनकुटाले आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।

पहिलो हापको १०औं मिनेटमा राराका ग्लोरीले गोल गर्दै खाता खोलेका थिए । उनले कर्ण लिम्बुको पासमा गोल गरेका हुन् । ३०औं मिनेटमा आयोजकका सन्तोष न्यौपानेले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको थप समयमा राराका योगेश गुरुङले एक गोल गरेपछि खेल निर्णयमा पुगेको हो । लक्ष्मीमार्ग रंगशालामा जारी गोल्डकपमा राराका बुद्ध चेम्जोङ अफ दि म्याच घोषित भए। उनले नगद ५ हजार ५ सय पुरस्कार पाए । अब राराले कात्तिक १६ गते हुने सेमिफाइनल खेलमा एपीएफका काठमाडौंको सामना गर्नेछ ।

आठ टीम सहभागी प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । कात्तिक ११ देखि सुरु भएको प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ ।

शुक्रबार (कार्तिक १५ गते) हुने पहिलो सेमिफाइनल खेल रोलिङ क्लब झापा र हिमालय शेर्पा क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्