Logo
Logo

ओली भन्छन्, ‘एमसीसीबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुट बोले’


2.8k
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुट बोलेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका हुन् ।

उनले शेरबहादुर देउवाले हस्ताक्षर गरेर दिएको र प्रचण्डले होइन भन्ने गरेको बताए । उनले दुई जनामध्ये एक जनाले बोलेको कुरा सत्य नभएको पनि उल्लेख गरे ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्