Logo
Logo

५० औ वैवाहिक वर्षगाँठ बेहुला प्रचण्ड र बेहुली सीता दाहाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ वैशाख ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले ललितपुरको सुनाकोठीमा विहीबार भव्य समारोहवीच पञ्चैबाजाको धूनमा विवाहको ५० औं वर्षगाँठ मनाए ।

सोही अवसरमा ललितपुरको खुमलटार निवास नजिकै विशेष समारोह आयोजना गरेर अध्यक्ष प्रचण्डले पत्नि सीता दाहालसँग विवाहको ५० औं वर्षगाँठ मनाएका छन्। वर्षगाँठको अवसरमा उनीहरूले फेरि विवाह गरेका हुन्।

विवाह उत्सवमा नेकपा शीर्ष नेताहरू, आफन्तजन र केही मन्त्रीहरू उपस्थित भएका थिए। कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए। त्यतिबेला सीता पनि १५ वर्षकी नै थिइन्। दाहाल र पौडेलका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरे। चितवनमा पनि उनीहरूको घर नजिकै थियो।

विशेष गरी छोरा प्रकाश दाहालको असामयिक निधनपछि आमा सीता दाहाल विक्षिप्त बनेकी छिन् । उनी पुत्र वियोगमा विक्षिप्त मात्रै बनेकी छैनन्, विभिन्न रोगहरुको आक्रमणले निकै नै कमजोर बनेकी छिन् । अमेरिका लगेर उपचार गर्दा पनि उनको शरीर गल्न छाडेको छैन ।

 यसरी मानसिक एवं शारीरिकरुपमा थकित बनेकी सीताको मन बहलाउनका लागि यस्तो समारोह गर्नुपरेको पारिवारिक स्रोतको भनाइ छ । बिहीबार कार्यक्रममा प्रचण्डले आफ्नी बिरामी पत्नी र परिवारजनको ईच्छाअनुसार यस्तो कार्यक्रम गरिएको सबैलाई जानकारी दिएका थिए ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ रहेकी छिन् । कार्यक्रममा बोल्दै प्रचण्डले आज आयोजित कार्यक्रमले सीता दाहालको स्वास्थ्यमा मनोवैज्ञानिक रूपले सकारात्मक प्रभाव पर्ने बताए ।

उक्त समारोहमा प्रधानमन्त्री उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्