Logo
Logo

डेमोक्रेटिक पार्टीको पक्षमा ‘डबल फ्लिप’, ट्रम्पको लज्जास्पद पराजय


0
Shares

अमेरिकामा सम्पन्न मध्यावधि चुनावमा आएको ब्लु सुनामीले डेमोक्रेटिक पार्टीको पक्षमा डबल फ्लिप गराएको छ । यसबाट राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीको लज्जास्पद पराजय भएको छ ।

अमेरिकामा चुनाव सम्पन्न भएर मतगणना सुरू भएपछि मिडियाले जित्ने उम्मेद्वारको ‘मिडिया प्रोजेक्सन’ गर्ने गर्छन् । पछिल्लो मिडिया प्रोजेक्सन अनुसार डेमोक्रेटिक पार्टीले सिनेटमा ५५ र हाउस अफ रिप्रेजेन्टेटिब्समा २५० को आँकडा कटाउने देखाएको छ ।

१०० सदस्यीय सिनेटमा बहुमतका लागि ५१ र ३३५ सदस्यीय हायस अफ रिप्रेजेन्टेटिब्समा बहुमतका लागि २१८ स्थान आवश्यक हुन्छ ।

यो समाचार लेखिरहेको बेलासम्म सिनेटमा डेमोक्रेटिक पार्टीले ५३ स्थान र हाउस अफ रिप्रेजेन्टेटिब्समा २१९ स्थानमा प्रोजेक्टेड जीत हात पारिसकेको छ ।

कंग्रेसको तल्लो सदनमा डेमोक्रेटिक पार्टीले बहुमत ल्याउने कुरा लगभग सुनिश्चित भए पनि माथिल्लो सदन सिनेटमा भने संशय नै थियो । तर, ब्लु सुनामीले एकपछि अर्को ‘राता गढ’ भत्काउँदै गएपछि त्यो संशय पनि पूरै हटेको छ ।

यसपटक सिनेटका ३५ स्थानक लागि चुनाव भएको थियो । जसमा रिपब्लिकन सिनेटर रहेका २२ र डेमोक्रेटिक सिनेटर रहेका १३ स्थान खाली भएका थिए । सिनेटमा डेमोक्रेटिक पार्टीका ३५ र रिपब्लिकन पार्टीका ४१ सिनेटरको कार्यकाल बाँकि नै थियो ।

डेमोक्रेटिक पार्टीले अहिलेसम्म आफ्ना सबै १३ स्थान जोगाउनुको साथै रिपब्लिकन पार्टीका ७ स्थानमा प्रोजेक्टेड जीत हात पारिसकेको छ । यसरी जीत हात लागेका राज्यहरूमा टेक्सास, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, कानसास, ओहायो, आयवा र मेन रहेका छन् ।

मेन बाहेमक अरू सबै राज्यहरू रिपब्लिकन पार्टीका राता गढ हुन् । २०२४ को आम चुनावमा ट्रम्पले भारी बहुमतले जितेका ती सबै ‘राता गढ’ यसपटक भत्किएका हुन् ।

कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा पनि डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीले जितेका २२ स्थान आफ्नो पक्षमा फ्लिप गरिसकेको छ । तर, रिपब्लिकन पार्टीले भने अहिलेसम्म डेमोक्रेटिक पार्टीले जितेको एउटै स्थान पनि फ्लिप गर्न सकेको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000