
अमेरिकी मध्यावधि चुनावको इपिसेन्टर बनेको मिशिगन राज्यको सिनेट सिटमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार अब्दुल सयद विजयी भएका छन् । उनको यो जीतसँगै अमेरिकाले पहिलो मुस्लिम सिनेटर पाएको छ । उनले राष्ट्रपति ट्रम्पका खास मित्र पूर्वकंग्रेसमेन माइक रोजर्सलाई पारजित गरे0.।
राष्ट्रपति ट्रम्प र उनको पार्टीको निशानामा परेका अल सयदलाई हराउन अमेरिकाका सारा यहुदीहरू पनि लागेका थिए । यसरी लाग्नेमा डेमोक्रेटिक पार्टीभित्रकै यहुदी पनि थिए । हुँदा हुँदा यतिसम्म भयो कि यहुदी वकिल टर्किसकी मंगेतर रहेकी मिशिगनकै डेमोक्रेटिक कंग्रेसवुमन हेली स्टेभेन्सनले पार्टी लाइन नै क्रस गरेर अलसयदका प्रतिस्पर्धी रिपब्लिकन उम्मेद्वार माइक रजर्सलाई समर्थन गरिन् ।
डेमोक्रेटिक पार्टीको सिनेटर उम्मेद्वारको आकांक्षी रहेकी कंग्रेसवुमन हेली डेमोक्रेटिक प्राइमरीमा अलसइदसँगै पराजित भएकी थिइन् ।प्राइमरीमा हेली पार्टी संस्थापन पक्षधर उम्मेद्वार थिइन् भने अल सयद समाजवादी धारका उम्मेद्वार थिए । उनलाई पराजित गर्न सिंगो पार्टी संयन्त्र नै लागेको थियो । प्राइमरीमा मात्र १ प्रतिशत मतले पछि परेकी हेलीको समर्थनले अल सयद पराजित हुने धेरैको आँकलन थियो । डेमोक्रेटिक पार्टी पनि स्तव्ध थियो ।
तर, त्यसो भएन । उनले सारा राजनीतिक पण्डितहरूलाई चक्मा दिदैँ आफ्नो नाममा इतिहास लेखे । चुनावमा उनको धार्मिक आस्थामाथि चौतर्फी आक्रमण भएको थियो । राष्ट्रपति ट्रम्पले त जेहादी भन्दै उनीविरूद्ध घृणा नै फैलाएका थिए । उनले कुनै पनि हालतमा नजित्ने भन्दै कथम्कदाचित जिते भने पनि संसद भवन क्यापिटल हिल पस्दा मेटल डिटेक्टर लगाइने बताएका थिए ।
इजिप्सियन मूलका डा.अल सयदलाई उनकै देश फर्कन भन्दै अमेरिकामा उनको लागि कुनै स्थान नभएको बताइएको थियो । एक किसिमले भन्ने हो भने यो चुनावी रेसलाई पूरै धार्मिक रङ्ग दिइएको थियो । सार्वजनिक रूपमा भन्न नमिले पनि यो चुनाव कट्टरपन्थी इशाई र मुस्लिम धर्मवालम्बीले प्रतिष्ठायुद्ध नै बनाएका थिए ।
अल सयद प्यालेस्टाइविरूद्ध गाजामा लिएको इजरेली नीतिको कडा आलोचक हुन् । उनी गाजामा प्यालेस्टाइनिविरूद्धको इजेरेली कारबाहीलाई मानवताविरोधी नरसंहार भन्छन् । डा. अलसयदको यो जीत इजरेलका लागि टाउको दुखाइ हो भने प्यालेस्टाइनको पक्षमा अमेरिकामा बढ्दो जनसमर्थनको संकेत हो ।
















