Logo
Logo

प्रेस सेन्टर बाराको अध्यक्षमा रन्जन यादव



कलैया । नेकपा (माओवादी केन्द्र) निकटको प्रेस सेन्टर नेपाल बारा जिल्ला कमिटीको अध्यक्षमा रन्जन यादव निर्वाचित भएका छन् ।

आज जितपुरसिमरा उपमहानगरपालिका १४ मौलापुरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट यादवको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षद्धयमा प्रदिप गौतम र प्रियांका कुमारी सोनी, सचिवमा उमेश घलान, सहसचिवमा पप्पु साह र कोषाध्यक्षमा रितिका अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा गेशकुमार श्रेष्ठ, शिवराज अधिकारी, कोपिला चौलागाई, समिता चौलागाई, पवित्राकुमारी चौलागाई, अंकित गौतम, रन्जना खतिवडा, संदिप साह, साविर अंसारी, रिषी सहनी, मुकेश मेहता, विपनाकुमारी शर्मा लगायतका रहेका छन् ।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गम्भिरा सहनी, महेश्वर अधिकारी, रामबाबु मेहतालाई चयन गरेको छ । जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व निर्वाचित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्