Logo
Logo

एक अर्ब ३४ करोड बढीको हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ


0
Shares

काठमाडौं । मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध हुण्डी कारोबार गर्ने एक व्यक्त पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गर्ने अजयकुमार मुखियालाई पक्राउ गरेको हो ।

धनुषा सहिद नगरपालिका वडा-४ का मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म उक्त परिमाणको कारोबार गरेको सीआईबीले जनाएको छ ।

उनलाई धनुषा जिल्ला अदालतबाट अनुमति लिएर भदौ ३० मा पक्राउ गरेको सीआईबीले बताएको छ । उनीमाथि हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य तीव्रता साथ भइरहेको सीआईबीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्