Logo
Logo

पार्टी रूपान्तरणका लागि शर्माले ल्याए अवधारणा पत्र


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी रूपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

उनले ‘दलमा रूपान्तरण, देश रूपान्तरणको अनिवार्य शर्त’ अवधारणापत्र सार्वजनिक गरेका हुन् । उनले रूपान्तरित र आधुनिक कांग्रेसको यात्राका लागि अवधारणापत्र सार्वजनिक गरेका छन् ।

उनले दलहरूमा रूपान्तरणको स्पष्ट प्रभाव दलहरूको घरेलु जीवनसँगै देश निर्माणको गति, नीति र प्रवृत्तिमा देखिनुपर्ने पनि उनको भनाइ छ। दलभित्र योगदान र योग्यताको उचित सन्तुलन हुनुपर्ने शर्मा बताउँछन्।

दलले लिने नीतिमा अग्रगमनको सुनिश्चितता हुनुपर्ने पनि शर्माको भनाइ छ । उनले कांग्रेसको १४औं महाधिवेशन र त्यसपछिका अवस्थाबारे पनि अवधारणापत्रमा उल्लेख गरेका छन् ।

उनले युवालाई पार्टीमा आकर्षित गरिनुपर्ने पनि बताएका छन् । किशोर केन्द्रीय सदस्यको अवधारणासमेत उनले प्रस्तुत गरेका छन् । ४० वर्षमुनिका क्रियाशील सदस्य संख्या करिब ४० प्रतिशत देखिएकोले यस्तो अवधारणा आवश्यक रहेको शर्माको जिकीर छ ।

प्रतिक्रिया दिनुहोस्