Logo
Logo

देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा : कुन जिल्लामा कुन पक्ष विजयी ?



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरु भइरहेका छन् ।

पहिलो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेश गरेको कांग्रेसले दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्लामा अधिवेशन चलिरहेको छ । एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्ला छन् । तीमध्ये १२ जिल्लाको परिणाम आएको हो । दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।

अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । तपरिणामअनुसार जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्ष अगाडि देखिएको छ । २६ जिल्लामध्ये देउवा पक्षले १४ जिल्लामा नेतृत्व हात पारेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष १२ जिल्लामा विजयी भएको छ ।

देउवा पक्षले जितेका जिल्ला र सभापति

क्रम संजिल्ला सभापति
मनाङशंकर गुरुङ
सल्यानकेशरबहादुर विष्ट
डडेल्धुराभीमबहादुर साउद
डोल्पा दीपेन्द्र शाही
जुम्लाकर्णबहादुर शाही
जाजरकोटबेदराज सिंह
पाँचथर रुपनारायण जवेगु
लमजुङटकबहादुर गुरुङ
हुम्लामोहनविक्रम सिंह
१०ताप्लेजुङगजेन्द्रप्रसाद तुम्याहाङ
११रामेछापपूर्णबहादुर तामाङ
१२मुगुऐनबहादुर शाही
१३बझाङखडक बोहरा
१४म्याग्दीखमबहादुर गर्बुजा

पौडेल पक्षले जितेका जिल्ला र सभापति

क्रम सं जिल्ला सभापति
प्यूठानविष्णुकुमार गिरी
अर्घाखाचीकेशव श्रेष्ठ
बैतडीचतुरबहादुर चन्द
भोजपुरविनोद बान्तवा
तेह्रथुमर्जुनबहादुर तुम्बाहाङ्फे
गोरखा नन्दप्रसाद न्यौपाने
बाजुरा रामसिंह रावल
संखुवासभादीपक खड्का
कालीकोटअम्मबहादुर शाही
१०मुस्ताङरोमी गौचन
११दोलखाबर्मा लामा
१२रुकुमपूर्वकेशरमान रोका

प्रतिक्रिया दिनुहोस्