काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरु भइरहेका छन् ।
पहिलो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेश गरेको कांग्रेसले दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्लामा अधिवेशन चलिरहेको छ । एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्ला छन् । तीमध्ये १२ जिल्लाको परिणाम आएको हो । दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।
अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । तपरिणामअनुसार जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्ष अगाडि देखिएको छ । २६ जिल्लामध्ये देउवा पक्षले १४ जिल्लामा नेतृत्व हात पारेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष १२ जिल्लामा विजयी भएको छ ।
देउवा पक्षले जितेका जिल्ला र सभापति
क्रम सं | जिल्ला | सभापति |
१ | मनाङ | शंकर गुरुङ |
२ | सल्यान | केशरबहादुर विष्ट |
३ | डडेल्धुरा | भीमबहादुर साउद |
४ | डोल्पा | दीपेन्द्र शाही |
५ | जुम्ला | कर्णबहादुर शाही |
६ | जाजरकोट | बेदराज सिंह |
७ | पाँचथर | रुपनारायण जवेगु |
८ | लमजुङ | टकबहादुर गुरुङ |
९ | हुम्ला | मोहनविक्रम सिंह |
१० | ताप्लेजुङ | गजेन्द्रप्रसाद तुम्याहाङ |
११ | रामेछाप | पूर्णबहादुर तामाङ |
१२ | मुगु | ऐनबहादुर शाही |
१३ | बझाङ | खडक बोहरा |
१४ | म्याग्दी | खमबहादुर गर्बुजा |
पौडेल पक्षले जितेका जिल्ला र सभापति
क्रम सं | जिल्ला | सभापति |
१ | प्यूठान | विष्णुकुमार गिरी |
२ | अर्घाखाची | केशव श्रेष्ठ |
३ | बैतडी | चतुरबहादुर चन्द |
४ | भोजपुर | विनोद बान्तवा |
५ | तेह्रथुम | र्जुनबहादुर तुम्बाहाङ्फे |
६ | गोरखा | नन्दप्रसाद न्यौपाने |
७ | बाजुरा | रामसिंह रावल |
८ | संखुवासभा | दीपक खड्का |
९ | कालीकोट | अम्मबहादुर शाही |
१० | मुस्ताङ | रोमी गौचन |
११ | दोलखा | बर्मा लामा |
१२ | रुकुमपूर्व | केशरमान रोका |