काठमाडौं । अन्ततः राजस्व अनुसन्धान विभागले वर्षौँदेखि मदिरामा नक्कली स्टिकर प्रयोग गरेर अर्बपति बनेका फुलिसंह क्षेत्रीको क्रिष्टल डिष्टिलरी भैरहवाको अन्तःशुल्क इजाजत खारेज गरेको छ । सस्तो मदिरा उत्पादन गर्ने क्रिष्टल बोटलर्स प्रालि नक्कली स्टिकर प्रकरणमा पटक पटक पक्राउ परेको छ ।
राजस्व अनुसन्धान विभागले क्रिष्टल डिष्टिलरीविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि आन्तरिक राजस्व विभागले मंसिर १० गते इजाजत खारेज गरेको हो । यस कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले ५ करोड ५६ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
क्रिष्टल डिष्टिलरीले गम्भीर प्रकृतिको राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व विभागले इजाजत खारेज गरेको हो । विभागका एक अधिकारीले दृष्टिसँग भने, ‘हामीले राजस्व छली गर्ने दुई कम्पनीको इजाजत खारेज गरेका छौं ।’
अन्तःशुल्क इजाजत खारेजपछि यो उद्योगले कुनै पनि मदिरा उत्पादन गर्न पाउने छैन । सुरुमा यो उद्योगप्रति नरम रहेका राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग अहिले भने आक्रामक देखिएका छन् । राजनीतिक दबाबका कारण सुरुमा क्रिष्टल डिष्टिलरीलाई उन्मुक्ति दिने प्रयास भएको थियो ।
क्रिष्टल डिष्टिलरीले भारतबाट नक्कली अन्तःशुल्क स्टीकर ल्याएर प्रयोग गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ क्रिष्टलको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग छ । यो उद्योगका सञ्चालक फुलसिंह क्षेत्री रावस्व मारेरै अर्बपति बनेका छन् । उनको अकूत सम्पत्तिको समेत सम्पत्ति शुद्धिकरण विभागले छानविन गर्नुपर्ने माग उठेको छ । क्रिष्टलविरुद्ध विभागले उच्च अदालत तुल्सीपुरको बुटवल इजलास (रुपन्देही) मा मुद्दा दायर गरिसकेको छ ।
तीन महिनाअघि सशस्त्र प्रहरीले भन्सार नाकाबाट नक्कली अन्तःशुल्क स्टीकरसहित दुई जना भरियालाई पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो ।
ती भरियाले भारतीय नागरिक बाबुराजा कशोधनको नाम पोलिएका थिए । स्टीकर समातिएको केही समय राजनीतिक लविङमा लागेका कशोधनपछि भारत भागेका थिए विभागकै आग्रहमा नेपाल प्रहरीले भारतबाट कशोधनलाई पक्राउ गरेको थियो बरामद गरिएको स्टीकर क्रिष्टल र माउन्ट एभरेष्ट डिष्टिलरीले प्रयोग गर्ने सिरियल नम्बर मिलेपछि दुवै डिष्टिलरीमा विभागले छापा मारेको थियो ।
नक्कली स्टीकरमा कशोधनपछि ‘भीम’ भनिने कुलप्रसाद पण्डित पक्राउ परेपछि भीमकै वयानका आधारमा उनी पक्राउ परेपछि विभागले यी दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।
(बिजमाण्डू अनलाइनको साथसहयोग)











