Logo
Logo

अभिनेत्री करिश्माले १२ पास गरिन्



काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता आज (शुक्रबार) सर्वजनिक गरेको छ । अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् ।

उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् । पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् ।

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।

यस्तै, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्