Logo
Logo

कांग्रेस सुदूरपश्चिमको मतदान सकियो



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार धनगढीमा भएको मतदान साँझ सकिएको हो ।

कुल एक हजार २६ मतदाता रहेकोमा एक हजार तीन मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति ९ बजेदेखि मतगणना सुरु गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी मैदानमा छन् ।

कांग्रेसको संघीय विधानानुसार आज पहिलोपटक प्रदेश अधिवेशन भएको हो । अधिवेशनबाट प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्