Logo
Logo

निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न राणाको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढन आफू तयार रहेको पनि बताए । राणाले राजसंस्था र हिन्दु राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढंगले अघि बढन पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए ।

‘मैले चार दिनअघि भनेको थिएँ– सकभर सर्वसम्मति गरौँ । हुन सकेन भने परिणाम स्वीकार गरौँ भनेको थिएँ । म त्यो परिणाम स्वीकार गर्छु । सम्पूर्ण अरू साथीहरूलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु । एउटै कुरा छ, साथीहरू–बाटो सजिलो छैन । बाटो अन्त्यन्त कठिन छ, तपाईंहरूको सामुन्ने । त्यो बाटो बनाउँदा इमान्दारिता र दक्षताको बाटो लिनुपर्छ । पार्टीले लिएको लक्ष्य राजसंस्था र हिन्दु राज्य स्थापनाका लागि नयाँ नेतृत्वले सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु,’ उनले भने र

राणाले राप्रपालाई नयाँ नेतृत्वले मुलुकको बैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्