Logo
Logo

तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्रालय


1.6k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने बताएको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिए पनि तत्काल लकडाउनको सम्भावना नरहेको मन्त्रालयले स्पष्ट पारेको हो ।

सोमबार नेपालमा दुई जनामा ओम्रिकोन भेटिएको थियो । त्यसपछि ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।

लकडाउनलाई लिएर हाल सरकारले कुनै पनि निर्णय नगरेको मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताए । अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको े नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्