Logo
Logo

अब ६७ देशबाट आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने



काठमार्डां । अब ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको हो ।

अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने जनाएको हो ।

मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने विभागले सूचनामा उल्लेख गरेको छ ।

ती देशबाट आएका यात्रुले आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने सूचनामा भनिएको छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

शुक्रबार जारी सूचना अनुसार पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्