Logo
Logo

‘नजिकिनु सजिलै थियो तर…’ (भिडियो हेर्नुस्)



काठमाडौं । उनी मोडलका रुपमा चिनिन्छिन् । तर, उनी कुनै गायिका भन्दा कम गाउँदिनन् । यिनै सुन्दरी गायिका तथा मोडल सम्झना राईद्वारा स्वरबद्ध आधुनिक सेन्टिमेन्टल गीत ‘नजिकिनु सजिलो थियो’ बोलको गीत सार्वजनिक भएको छ ।
एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको गीतकार दर्पण राई हुन्, जो पछिल्ले समय ‘तिम्ले बाटो फेरेऊ अरे’ बोल सिरिज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन् ।
पेसाले सम्झना एक मोडल हुन् । उनले गीत गाउन थालेको धेरै भएको छैन । करिब एक वर्षयता मोडलिङसँगै गायनलाई पनि अंगिकार गर्दै आएकी सम्झनाले केही समयअघि एक गीत सार्वजनिक गरेकी थिइन् । सोही गीतमार्फत आफूलाई व्यवसायिक गायिकाजस्तै सांगीतिक क्षेत्रमा उभ्याउँदै आएकी हुन् । बिहीबार सार्वजनिक भएको ‘नजिकिनु सजिलो थियो’ बोलको गीतमा सम्झनाको स्वरमा निकै मिठास छ अर्थात मान्छे जस्तै गीत पनि सुन्दर बनेको छ । यस गीतको संगीत तथा एरेञ्ज सम्झनाको स्वर सुहाउँदो बनाइएको छ । यस गीतलाई महेन्द्र राइेले संगीत गरेका हुन् । जो पछिल्लो समय संगीत सिर्जनामा व्यस्त छन् ।


स्लो पपशैलीको यो गीत पछिल्लो युवापुस्ताले रुचाउने खालको बनेको छ । जसले गर्दा पनि गायिका तथा मोडल सम्झना आफ्नो यो पछिल्लो गीतप्रति आशावादी छिन् । गीत रिलिज गरेपछि सम्झनाले भनिन्, ‘यो गीत अहिलेकै युवा लक्षिति गरेर ल्याएकी हुँ ।’ ‘नजिकिनु सजिलो थियो’ गीत प्रेम सेन्मिेन्टमा आधारित गीत हो ।


पछिल्लो समय युवामा बढ्दै गएको प्रेमप्रतिको भाव र हेयलाई यस गीतले समेटेको गीतकार तथा मोडलसमेत रहेका दर्पणले बताए । यस गीतमा पछिल्लो सयम चर्चामा रहेका गिटारिस्ट सञ्जिव सुब्बाले लिड हालेका छन् । यो एउटा फरक किसिमको भिडियो हो । स्टुडियोमै खिचिएको यो भिडियोलाई अनिलकुमार मानन्धरले खिचेका हुन् ।

https://youtu.be/JdjzGxPLJEk

प्रतिक्रिया दिनुहोस्