Logo
Logo

बम पड्काउने र मान्छे मार्ने समूहलाई प्रधानमन्त्रीको प्रश्न माग के हो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १४ जेठ ।

प्रधानमन्त्री केपी सहरमा ओलीले आइतवार साँझ राजधानीका विभिन्न स्थानमा ४ जनाको ज्यान जानेगरी विष्फोट गराएको भन्दै नेत्रविक्रम चन्द  विप्लव समूहलाई आतंककारीको समूह भएको आरोप लगाएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विप्लव समूहलाई आतंककारी भएको बताएका हुन् ।

‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो रु,’ उनले प्रश्न गरे। प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सोधे, ‘अब के चाहियो ? उनले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताए।

प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सोध्नुभयो, “अब के चाहियो रु” उहाँले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउनुभयो । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्