काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको महाअधिवेशन अन्तगर्त निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’को झारेको टिप्पणी गरेका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

बुधबार नेता रावलले ट्वीट गर्दै माओवादीले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी केन्द्रले कुण्ठित गरेको र यो जनवाद हुन नसक्ने उल्लेख गरेका छन् ।
नेता रावलले लेखेका छन्, ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’मा झारेको देखियो । महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो ।’
माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन।यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।
— Dr. Bhim Rawal (@BhimRawal179) January 5, 2022














