Logo
Logo

ओली प्रचण्ड सत्ता वाँडफाँड, ओली कामरेडलाई अन्तिम अवसर


- दृष्टि न्युज/संवाददाता


ओली र प्रचण्डका विचमा अडाइ अडाइ वर्ष प्रधानमन्त्री आलोपालो चलाउने सहमति भएको कुरा प्रचण्डले पुनः सार्वजनिक गर्नु भएको छ । साथै यदि सरकारले सुशासन र विकास राम्रो संग गरिरह्यो र प्रचण्डलाई पार्टी चलाउने जिम्मा दिइयो भने ओली कामरेडलाई पाँचै वर्ष प्रधानमन्त्री चलाउन दिइने नयाँ सहमति पनि हुन सक्ने प्रचण्डको भनाइ सार्वजनिक भएको छ ।

अन्यथा विशेष परिस्थिति श्रृजना भएमा यो सहमति तोडिने र देशमा अर्को अस्थिरता आउने खतरा रहेकै छ । तर सामान्य स्थितिमा शायद यो सहमति कार्यान्वयन हुन सक्ने सम्भावना वाँकि नै छ ।

सहमति कार्यान्वयन भनेको अबको करिव १४ महिना पछि ओली कामरेडले प्रधानमन्त्री पद प्रचण्डजीलाई हस्तान्तरण गर्नु पर्ने हुन्छ । वा त्यो वेला सम्ममा प्रचण्डको दोश्रो प्रस्तावमा सबैको सहमति भएर अघि जाने सम्भावना पनि रहन्छ । तर प्रचण्डजीको जोड पहिलो सहमति कार्यान्वयन मै रहनेछ ।

प्रधानमन्त्री ओली सामु अहिले स्वर्णिम समय र अधिकार रहेको छ । उहाँले मुख्यत दुईवटा काम गर्नु देश र जनताको लागि तथा स्वयम् उहाँ कै लागि ऐतिहासिक कोशेढुंगा हुनेछ ।

पहिलो, देशको अर्थतन्त्र र राजनीतिलाई मुठ्ठिभर दलाल तथा नोकरशाही पूँजीपतिहरुको कब्जावाट मुक्त गरेर वहुसंख्यक जनताको पक्षमा वनाउने कामको शरुवात गरिनु पर्दछ । यो भनेको सत्ता र अर्थतन्त्रको वर्गीय स्वरुप आम जनताको पक्षमा वनाउने कामको शुरुवात हो । यो भनेको भ्रष्टाचारीहरु र दलाल तथा नोकरशाही पूँजीपतिहरुको हितमा रहेका अर्थ राजनैतिक संरचनाहरु समाप्त गरि वहुसंख्यक जनताको पक्षमा वनाउने कामको शुरुवात हो ।

अहिलेको वजेटमा पनि केही लोकप्रीय कुराहरुमा वजेट थप्ने वाहेक कांगे्रस सरकार कै वेलाको जस्तो परम्परावादी वजेट आएको छ र अर्थ संरचनालाइ जनताको पक्षमा आमुल परिवर्तन गर्ने खालको गुणात्मक र माक्र्सवादी वजेट आएन ।

अहिलेको चालु आर्थिक वर्षमा भएको वजेट र पैसा समेत खर्च गरी विकास निर्माण लक्ष्य अनुसार गर्न सरकार असफल रहेको छ । तर कुनैपनि मन्त्री वा सरकारी कर्मचारीमाथि प्रधानमन्त्रीले कारवाही गर्ने हिम्मत गर्न सक्नु भएको छैन । अर्थमन्त्री स्वयम्को मन्त्रालयमा विकास खर्च अहिले सम्म २० प्रतिशत पनि भएको छैन ।

दोश्रो, देशलाइ गृहयुद्ध तर्फ जान नदिन विद्रोही पक्ष संग वार्ता गरि समस्या समाधान गर्नु भएमा प्रधानमन्त्री ओलीको ऐतिहासिक योगदान हुनेछ । कथंकदाचित उहाँ कै समयमा विद्रोह चर्किन गयो भने यसको अपजस उहाँले जीवन पर्यन्त खेप्नु पर्नेछ ।

यदि यी दुबै कामहरु समय मै भएनन् भने केही समय पछि जनअसन्तोष र पार्टी भित्रको अन्तरविरोध वढ्ने सम्भावना स्वतः सिद्ध छ । ओली कामरेडको लागि आगामी वर्ष चुनौती र सम्भावनाको नयाँ खाले वर्ष हुनेछ । उहाँले गर्ने हिम्मत र निर्णयले देशको भविश्यमा निर्णायक प्रभाव पार्नेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्