Logo
Logo

भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा सहभागि भएर स्वदेश फर्किए प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए । मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उनी भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्किएका हुन्।

नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, सांसद, सुरक्षा निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीलगायतले स्वागत गरेका थिए।

प्रधानमन्त्री बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्