Logo
Logo

सबै जाति र धर्मको साझा प्रयासबाटै समृद्धि : प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २२ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति र धर्मको साझा प्रयासबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन्।

मुस्लिम समुदायको महान् चाड इद उल—फित्रको अवसरमा शुभकामना सन्देश मार्फत प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव रहेको बताएका हुन्।

त्यस्तै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिलोस भन्दै शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्