Logo
Logo

एनआईसी एशिया बैंकको ईद उपहार : डेविट कार्ड र मोबाइल बैंकिङ निःशुल्क


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले जेठ २२ गतेदेखि ३० गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।

झापा र स्याङ्जामा एनआईसीको शाखारहित बैंकिङ सेवा
एनआईसी एशिया बैंकले झापाको केचनाकवलस्थित घेराबारी र स्याङ्गजाको आँधीखोलास्थित पञ्चमूलमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा ३१ पुगेको छ ।

घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्रीमती पार्वती कुमारी राजवंशीलाई नियुक्त गरिएको छ ।

पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन पञ्चमूल गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्