Logo
Logo

कानूनमन्त्री भानुभक्त ढकालका दाजु वेपत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २४ जेठ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल १५ जेठदेखि बेपत्ता भएका छन् ।

उपचारका लागि काठमाडौं आएका ७० वर्षीय शिवप्रसाद ढकाल बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएको जनाइएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भन्दै ढकाल परिवारले उजुरी दिएको छ ।

बेपत्ता शिवप्रसादको खोजीका लागि महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको बताइएको छ । तर, हालसम्म शिवप्रसादको अत्तोपत्तो नभएको जनाइएको छ । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्