Logo
Logo

प्रेस जगतलाई चोट पुर्याएकोमा मेयर द्वारिकलाल चौधरीले गरे आत्मआलोचना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ जेठ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका छन् ।

आज आईतवार एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो विचार फिर्ता लिएका हुन् ।

उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’उनले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पुर्‍याउने आफ्नो मनशाय नभएको समेत बताएका छन् ।

उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्