Logo
Logo

भारतले अमेरिकी क्षेप्यास्त्र गरिद गर्ने


- दृष्टि न्युज/संवाददाता


भारतले आफ्नो राजधानी दिल्ली आसपासको क्षेत्रको सुरक्षाकालागि भन्दै अमेरिकी क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।

सो क्षेप्यास्त्र प्रणालीको मूल्य करिव १ खर्ब १० अर्ब नेपाली रुपैयाँ वरावर पर्ने वताइएको छ । अमेरिका र रुसको राजधानीहरुमा तैनाथ गरिएको क्षेप्यास्त्र विरोधी रक्षा प्रणाली जस्तै शत्रु देशले गर्ने क्षेप्यास्त्र प्रहारवाट भारतको राजधानी क्षेत्र सुरक्षीत वनाउन यो ठुलो मूल्यको क्षेप्यास्त्र प्रणाली खरिद गर्न लागिएको भारतीय संचार माध्यमहरुले वताएको छ ।

अमेरिकाले भारतलाई वेच्न लागेको सो प्रणालीको नाम नेशनल एडभान्स्ड सरफेस टु एअर मिसाइल सिष्टम २ अर्थात छोटकरीमा नासामस् २ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्