Logo
Logo

उपसचिवको गीतमा डिएसपीकाे संगीत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ जेठ ।
रामकृष्ण ढकालको स्वर, गैरे सुरेशको संगीत र माधव ढकालको शब्द रहेको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।


गायक ढकाल र संगितकार गैरे संगितमा स्थापित नाम हुन् । गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन् । उनी सशस्त्र प्रहरी बलका डिएसपी समेत हुन् । उनका दर्जनौं गीत सुपरहिट भएका छन् ।
भिडियोः

 

प्रतिक्रिया दिनुहोस्