Logo
Logo

घाइते बालकको मृत्यु


1.4k
Shares

पाँचथर । ‘ज्याभलिङ थ्रो’ खेलको अभ्यासका क्रममा कन्चटमा चोट लागेर घाइते भएका पाँचथरको फालेलुङ गाउँपालिका २ का एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारका क्रममा अनुसको आज विहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा फालेलुङ २ का ११ वर्षीय अनुस राई रहेका छन् । उनी सिद्धकाली माध्यमिक विद्यालयकोे कक्षा ४ मा अध्ययनरत हुन् । सोही विद्यालयको कक्षा ११ का विद्यार्थीले खेल अभ्यास गर्ने क्रममा ज्याभलिङ थ्रोले अनुस राईको कन्चटमा लागेरको थियो ।

गम्भीर घाइते भएपछि उपचारका लागि आइतबार नै झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल पु¥याइएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि विद्यालयमा विद्यार्थीहरुले ज्याभलिङ थ्रोको अभ्यास गर्ने क्रममा उनलाई कन्चटमा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्