Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


2.5k
Shares

काठमाडौं । देशमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

मंगलबार (आज) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ । त्यस्तै प्रदेश १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्