Logo
Logo

सनराइज बैंकद्वारा रुपा गाउँपालिकाका ३०० घरमा वित्तीय साक्षरता कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सन्राइज बैंकले रुपमा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता ः सबै नेपालीको बैंक खाता’ अभियानलाई निरन्तरता दिँदै बैंकले रुपा गाउँपालिका वडा नं. २ थुम्कीमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका डाइरेक्टर डा. रवीन्द्र घिमिरेले कार्यक्रमको सुरुवात गरेका थिए ।

सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले बैंकले बैशाख १ गतेदेखि सनराइज समृद्धि बचत खाता सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्