Logo
Logo

म हेर्दै छुच्ची छु–सम्झना राई, मोडल तथा गायिका



पेसाले मोडल हुन् सम्झना राई तर, उनी गीत पनि गाउँछिन् । सन् २०१५ मा ‘मिस मंगोल नेपाल’मा सहभागी भएपछि व्यवसायिक मोडलिङ गर्दै आएकी सम्झनाद्वारा स्वरबद्ध पछिल्लो ‘नजिकिनु सजिलो’ बोलको गीत हालै सार्वजनिक भएको छ । उक्त गीतबाट चर्चा पाइरहेकी सम्झना आफूलाई गायिकाभन्दा मोडल नै भन्न रुचाउँछिन् । सुन्दर लुक्स र मिठास स्वरका कारण थोरै गीत गाएर पनि गायन क्षेत्रमा चर्चा आएकी सम्झना भन्छिन्, ‘म एक कलाकार हुँ, कलाकारले गर्ने सबै काम म गर्छु ।’ दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरेर ग्ल्यामरस क्षेत्रमा आफूलाई चिनाएकी सम्झना भन्छिन्, ‘गायनलाई निरन्तरता दिन्छु वा दिन्नँ थाहा छैन तर मोडलिङलाई भने प्यासनकै रुपमा अगाडि बढाउने छु ।’ यिनै मोडल तथा गायिका सम्झना राईसँग एमपी सुब्बाको जम्काभेट :

मोडलका रुपमा चिनिनुहुन्थ्यो, तर गीत पनि गाउनु हुँदोरहेछ ?
हो, गाउँछु तर म व्यवसायिक गायिका होइन । म मोडल नै हुँ । गायनमा पनि सौख र रुचि भएकाले मात्र गाएकी हुँ ।


बजारमा आएका गीतहरु रहरले गाउनु भएको हो ?
धेरै त रहरले गाएको हुँ । यसमा केही दर्शक तथा श्रोताको कर पनि छ । एक वर्षअघि एउटा गीत गाएकी थिएँ । त्यो गीत श्रोताले धेरै रुचाए । श्रोताबाटै फेरि सम्झनाले गाउनुपर्छ भन्ने अनुरोध आएपछि गाएकी हुँ ।


हालै रिलिज भएको ‘नजिकिनु सजिलो’ बोलको गीतबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
जतिले त्यो गीत हेरे, सुने उहाँहरु सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु । सबैजनाले ‘तपाइँको गीतले मन छोयो’ भन्दा खुुसी लाग्छ ।


तपाइँको स्वर सुनेर ‘छ्या’ भन्नेहरु भेट्नु भएको छ कि छैन ?
अहिलेसम्म त भेटेकी छैन । फेसबुक र यु–ट्युबमा कमेन्ट गर्नेहरुले त्यस्तो भनेको छैन । अब भेटेर त कसले पो त्यसो भन्ने आँट गर्छ र ।


मोडलिङचाहिँ कहिलेबाट अँगाल्नुभएको नि ?
मेरो औपचारिक मोडलिङ यात्रा सन् २०१५ बाट हो । त्यसअघि फाट्टफुट्ट मोडलिङ गर्थेँ । तर, जब ‘मिस मंगोल नेपाल–२०१५’मा सहभागी भएर सेकेण्ड रनरअप उपाधि पनि जितेँ । त्यसपछि मोडलिङलाई व्यवसायिक रुपमा अँगालेकी हुँ ।


मोडलिङलाई व्यवसायिक रुपमा अँगाल्ने अवस्था छ त ?
पहिले पहिले त थिएन । तर, पछिल्लो समय म्युजिक भिडियो निर्माणमा तिव्रता आएपछि मोडलिङ पेसा पनि फस्टाएको छ । म्युजिक भिडियोले गर्दा मोडलिङ पनि व्यवसायिक बनेको छ ।


¥याम्पतिर चाहिँ मोडलिङ गर्नु हुन्न ?
गर्दिनँ । मंगोलियन केटीहरुको त्यसै त हाइट हुँदैन । मेरो पनि हाइट छैन । ¥याम्प मोडलिङका लागि हाइट चाहिन्छ भन्छन् । हाइट नपुग्ने भएपछि ¥याम्प मोडलिङमा ध्यानै दिएकी छैन ।


तपाइँको स्वर मिठास छ । गायनलाई व्यवसायिक रुपमा अँगाल्ने सोच छैन ?
गायनलाई व्यवसायिक रुपमा अँगाल्ने मेरो कुनै सोच छैन । कसैले गाइदिनुप¥यो भन्छ भने गाउन तयार छु । तर, गीत गाएरै चर्चामा आउने सोच मेरो छैन ।


गाउन र मोडलिङ गर्न कुन सजिलो लाग्छ ?
मलाई त दुईटै गाह्रो लाग्छ । मोडलिङ पनि सजिलो छैन । गीत गाउन त झनै गाह्रो । हरेक काम गाह्रो नै हुन्छ ।


सामाजिक सञ्जाल कतिको प्रयोग गर्नुहुन्छ ?
फेसबुक र इन्स्टाग्राममा अपडेट हुन्छ । कसले के पोष्ट ग¥यो ? कहाँ के हुँदैछ भन्ने कुरा सामाजिक सञ्जालबाट चाँडो थाहा पाइने हुनाले पनि अपडेट हुने गर्छु । तर म चाटमा भुल्दिनँ ।


प्रेम प्रस्ताव राख्नेहरु लाइन नै आउला नि ?
आउँदैन है । सुरु सुरुमा अलि अलि आउँथ्यो । तर, हिजोआज आउँदैन । म हेर्दै छुच्ची छु । त्यही भएर पनि मलाई त्यस्तो म्यासेस आउँदैन ।


यो उमेरमा चक्कर त चलिरहेको होला ?
यो त एकदम नीजि कुरा हो । तर, खाशमा भन्नु पर्दा मेरो कसैसँग त्यस्तो चक्कर चलेको छैन ।


विवाह गर्ने उमेर त पुगेजस्तो छ त ?
छैन, म अझै फुच्ची छु । यो उमेरमै विवाह गरेर के गर्नु हो । मैले अझै धेरै गर्नुछ ।

प्रतिक्रिया दिनुहोस्