Logo
Logo

गगन थापाको १८ करोड प्रकरण ट्रेलरमात्र हो : मोहन बस्नेत


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता मोहनबहादुर बस्नेतले गगन थापाले कांग्रेसको आधिकारिता पाउन १८ करोड दिएको भन्ने विषय ट्रेलरमात्र भएको बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

देउवा समूहको कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छ भन्ने कुरा आज ब्यापक भइसकेको छ । मैले त भनेको छु, यो १८ करोडको कुरा टे«लरमात्रै हो । स्वास्थ्य मन्त्रालयमा मात्रै खोज्ने हो भने दर्जन-दर्जन मुद्दा लाग्ने केसहरू धेरै छन् ।’

नेता बस्नेतले कांग्रेसको आधिकारिकतामा मुछिएका र मुछ्नेमध्ये कोही एकलाई कारबाही हुनुपर्ने बताएका छन् । उनले भने, ‘अरू छानबिन हुँदै जाला, छानबिन के कुरामा गर्नु पर्‍यो भने त्यो १८ करोडको जसले कुरा गर्‍यो कि उसलाई कारबाही गर्नु पर्‍यो । कि तीन करोडवालाले बेञ्च बहिष्कार गरेको जसरी बसेको छ । त्यहाँ कारबाही हुनु पर्‍यो । कि चैँ १८/१८ करोड को बाट जितौरी पाएर त्यहाँ खर्च गरेको हो, उसलाई कारबाही गर्नु पर्‍यो । कसै न कसैलाई त कारबाही गर्नु पर्‍यो नि ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000