Logo
Logo

पाल्पाबाट एक महिनामा २९ जना महिला बेपत्ता


1.1k
Shares

काठमाडौं । पाल्पा जिल्लाबाट एक महिनाको अवधिमा २९ जना महिला बेपत्ता भएका छन् ।

गत फागुन महिनाको कार्य विवरण सार्वजनिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत महिना घरबाटै हराएकामध्ये ५ जना बालबालिका र एक जना ज्येष्ठ नागरिक छन् । हराएकामध्ये २५ जना महिला फेला परेका जनाइएको छ । ५ जना भने अझै बेपत्ता रहेका बताइएको छ ।

त्यस्तै फागुन महिनाभर घरेलु हिंसा सम्बन्धी २७ वटा उजुरी परेका प्रहरीले जनाएको छ । पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले उजुरी परेका सबैको मिलापत्र गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्