Logo
Logo

दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते


756
Shares

रुपन्देही । रुपन्देहीका अलग-अलग ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने रुपन्देहीको देवदह नगरपालिकाको भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिपर र मोटरसाइकल जुध्दा नवलपरासी सुनवल–४ की ३४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो भने उनका श्रीमान र तीन वर्षका छोरा घाइते भएका छन् ।

घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित पत्थरडाँडामा गएराति उनी मोटरसाइकलबाट खसेका थिए । नम्बर समेत खुल्न नसकेको मोटरसाइकलका चालक भने फरार रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्