Logo
Logo

जीन्दगीमा धेरैले माया गर्छु भने-संगम राई ‘लभ्ली’, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


एक समयकी चर्चित अभिनेत्री तथा मोडल संगम राई ‘लभ्ली’ पर्दामा नदेखिएको ठ्याक्कै पाँच वर्ष भयो । टेलिचलचित्र ‘झ्याइँकुट्टी झ्याइँ’की ‘लभ्ली’ पात्र संगम त्यो समयमा दर्शकले यति रुचाएका थिए, टेलिदर्शक उनैलाई हेर्न ‘झ्याइँकुट्टी झ्याइँ’ हेर्थे । त्यही चर्चित टेलिचलचित्रबाट कमाएको उपनाम हो, ‘लभ्ली’ । अब उही ‘लभ्ली’ दर्शकसँग माया बाँड्न कलाकारिताकै आउँदैछिन् । ‘अब महिना दिनभित्र मेरो कम्ब्याक दर्शकले देख्न पाउँनेछन्’ संगमले भनिन्, ‘अहिले थुप्रै प्रोजेक्टहरुमा कुरा भइरहेको छ ।’ तेक्वान्डोकी खेलाडीसमेत रहेकी संगमले ‘झ्याइँकुट्टी झ्याइँ’, ‘को आफ्नो को पराइ’लगायत थुप्रै सिरयिलमा अभिनय गरेकी छन् । त्यस्तै, ‘उवर्शी’, ‘वल्डकप इन नेपाल’, ‘धड्कन भित्र’जस्ता ठूला पर्दाका फिल्ममा पनि काम गरेकी छन् । पाँच वर्षको अन्तरालपछि कलाकारितामै दरिलो कम्ब्याकको तयारीमा रहेकी अभिनेत्री तथा मोडल संगम राईसँग एमपी सुब्बाको जम्काभेट :

लामो समय हराउनुभयो । कता, के गर्दै हुनुहुन्थ्यो ?

हो, म ठ्याक्कै पाँच वर्ष कलाकारिता क्षेत्रबाट हराएँ । त्यो समयमा एउटा ट्राभल्स एजेन्सीमा संयोजकको रुपमा काम गरेँ ।

त्यो एजेन्सी नेपालमै वा कतै विदेशमा हो ?

विदेशमै हो । मैले दुवईको एक ट्राभल्स एजेन्सीमा काम गरेकी हुँ । तर, अबचाहिँ नेपालमै फर्केर आएकी छु । पुनः कलाकारितालाई अगाडि बढाउने सोच छ ।

पाँच वर्षसम्म कलाकारिताबाट बाहिर हुँदा खल्लो लागेन ?

लाग्यो नि । मैले कति साथीभाईहरुलाई मिस गरेँ । सधैँ मलाई कलाकारिताकै मात्र याद आउन्थ्यो । म कलाकारिता छाड्न नसक्ने मान्छे भएरै पुनः यसै क्षेत्रमा फर्केकी हुँ ।

तपाइँको अब कम्ब्याक कुन विधाबाट हुँदैछ ?

यही विधाबाट भन्ने छैन । म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, नाटक जेबाट पनि हुनसक्छ । थुप्रै प्रोजेक्टहरुमा कुरा भइरहेको छ । तर, मेरो कम्ब्याक दर्शकले महिना दिनभित्र देख्न पाउनेछन् ।

पाँच वर्षमा धेरै परिवर्तन भयो, तपाइँलाई त्यस्तो लागेको छैन ?

लागेको छ । अहिले त सामाजिक सञ्जाल र अनलाइन मिडियाहरु पनि प्रसस्तै छन् । पाँच वर्षअघिसम्म यस्तो थिएन । त्यसैले अहिले त राम्रो काम ग¥यो भने चर्चामा आउन समय लाग्दैन ।

कलाकारिता क्षेत्र रोज्नुभएको कति भयो ?

मैले कलाकारिता सुरु गर्दा ११ वर्षकी थिएँ । अब यसो भनेर म अहिले कति वर्षकी भएँ भनेर नभनौँ होला । करिब डेढ दशक भयो कला क्षेत्रमै काम गरेको पनि ।

कला क्षेत्रमा लागेर चाहेजस्तो अवसर पाउनुभएको छ कि छैन ?

मैले जति पनि टेलिचलचित्रहरुमा काम गरेँ, ती सबै राम्रै थियो । त्यो समयमा टेलिचलचित्रको छुट्टै पहिचान र दम्भ थियो । मैले आफूलाई स्थापित पनि टेलिचलचित्रबाटै गरेकी हुँ । त्यसैले सोचेजस्तै भयो भनौँ न ।

‘बिग ब्यानर’ र ‘बिग बजेट’ भनिएका फिल्महरुमा काम गर्ने सोच त होला नि ?

बिग ब्यानरमा काम गर्ने सबैको सोच र इच्छा हुन्छ । मेरो पनि छ । तर, यहाँ सबैले आफ्नो मान्छे बोकेर हिँड्छन् । सबैभन्दा ठूलो कुरा सर्पोट नै हो । यदि कसैको सपोर्ट पाएँ भने गर्ने सोच छ ।

यो ग्यापले गर्दा पहिलेजस्तै चर्चामा आउनलाई गाह्रै होला है ?

हुन्न, एउटा काम गरेपछि फेरि देखिहाल्छन् नि । त्यहीमाथि पुराना कलाकार साथीहरुसँग सम्पर्कमै छु । सुरुमा एउटा कामचाहिँ गरेर देखाउँनु छ ।

अर्कोतिर घरजमको पनि सोच गर्दै हुनुहुहन्छ होला नि ?

मैले यही अन्तिम वर्ष विवाह गर्छु भनेर सोच बनाएकी थिएँ । तर, सोचेजस्तो नहुनेरै’छ । घरायसी कारण केही कुरा मिलेन । अब दुई वर्षमा भयो भने होला । नत्र कहिल्यै हुन्न ।

कसैसँग ‘अफेयर्स’मा त हुनुहुन्छ होला ?

अफेयर्सबारे केही नभनौँ होला । जुन दिन खुलाउँछु, त्यही दिन, त्यहीसँग विवाह गर्छु । जीन्दगीमा धेरैले माया गर्छु भने । तर माया गर्छु भनेर मात्र हुँदैन, मायामा निर्वाह पनि हुनुपर्छ । दुई दिनका लागि देखाउनलाई त पचासाँै माया हुन्छ । तर म देखाउनलाई मात्र माया गर्दिनँ । माया प्रेमका बारेमा बजारमा चल्ने हल्लाले नै मलाई दिक्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्