Logo
Logo

खुल्यो म्यादी प्रहरीको भर्ना


819
Shares

फाइल फोटो

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना खुल्ला गरिएको छ । यही वैशाख ३० गते हुने सो चुनावका लागि म्यादी प्रहरीको भर्ना खुल्ला गरिएको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकका लागि आजदेखि ११ गतेसम्म आवेदन दिन सकिने समयसीमा तोकिएको छ । भर्नाका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउने छन् भने अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने जनाइएको छ । ४० दिने अवधिका लागि भर्ना खुल्ला गरिएको म्यादी प्रहरीमा आवेदन दिन इच्छुकले सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । म्यादी प्रहरीका लागि पनि प्रहरी जवानसरह नै सेवा सुविधा तोकिएको छ । छनोट हुने म्यादी प्रहरीलाई ७ दिनको तालिमपछि निर्वाचनको सुरक्षामा खटाउने तयारी गरिएको छ ।

आगामी २८ गतेदेखि म्यादी प्रहरीका लागि तालिम सुरु गरिने सूचनामा उल्लेख गरिएको छ । म्यादी प्रहरीले दैनिक सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् भने ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध हुनेछ । सरकारले स्थानीय तह चुनावको तयारीका लागि एक लाख जना म्यादी प्रहरी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्