Logo
Logo

ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर एकता गरेका हाैँ, तर सकिएन : प्रचण्ड


1.6k
Shares

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न नसकिने बताएका छन् । उनले कतै ओलीलाई रुमापन्तरण गर्न सकिन्छ कि भनेर त्यो बेला एमालेसँग एकता गरेको बताए ।

आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका हाैँ । तर त्यो सकिएन ।’

आफूहरुले ओलीलाई रुपान्तरण गर्न नसकेपनि पछिल्लो समय कमल थापासँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको प्रचण्डले टिप्पणी गरे । उनले भने, ‘हुदाहुँदा ओलीजी त कमल थापासँग चुनावी तालमेल गर्ने तयारी गर्दै हुनुहुन्छ रे ।’

माओवादी पार्टीलाई रुपान्तरण गर्न कम्युनिस्टको केन्द्र बनाइने प्रचण्डले दाबी गरे । अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने कुरा प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला हामी पार्टी निमार्णतिर लाग्नु पर्छ ।’

अध्यक्ष प्रचण्डले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको बताए । उनले शान्ति प्रक्रियापछि कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृखंला शुरु भएको पनि बताए ।

प्रचण्डले भने, ‘त्यसपछि पार्टी विभाजन एउटा, दुईवटा, तीनवटा, कति हो कति ? अहिले फेरि एकता कति हो कति । अहिले फेरि एकताका लागि १४,१५ समूह लाइनमा छन ।’

उनले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको समेत बताए । तालमेलबिना नै माओवादी फेरि पहिलो पार्टी बन्न सक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्