Logo
Logo

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदानः पोखरेल


882
Shares

चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) समावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाको रुपमा विकास भएको बताएका छन् ।

देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उनले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउने बताए । अध्यक्ष पोखरेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासंघले सहकार्य गरेर अघि बढिरहेको बताए । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रजातन्त्र, समावेशी सिद्धान्तका क्षेत्रमा फोनिजको महत्वपूर्ण योगदान रहेको बताए ।

त्यस्तै फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरि ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको बताए । हिजोदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्