Logo
Logo

एमालेको पोलिटब्युरो बैठक जारी


315
Shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो कमिटीको बैठक भर्खरै सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक जारी छ । महाधिवेशनपछि पहिलोपटक पोलिटब्युरो बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्