काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइहरहेको बताएका छन् ।
आज (सोमबार) बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले अहिले निर्वाचन आयोग र सत्तारुढ दलले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको उनले बताएका हुन् ।
निर्वाचन आयोग र सत्ता गठबन्धबीच आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सकिन्छ कि सकिँदैन भनेर छलफल भइरहेको ओलीको भनाइ छ ।
उनले भने, ‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ, तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ ।’














