Logo
Logo

आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल


504
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए । अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो ।

‘कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ’, पौडेलले भने, ‘स्थानीयस्तरको आवश्यकता हेरेर गठबन्धनको निर्णय हुन्छ ।’

वरिष्ठ नेता पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा जनताले पनि बुझ्न थालेको तर्क गरे । सुरुमा एमसिसीको विरोध गर्ने जनता पनि एमसिसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो ।

‘सुरुमा एमसिसी सुन्ने बित्तिकै जनता विरोधमा उत्रिन्थे, एमसिसीको विपक्षमा ठूलो माहोल थियो, अहिले जनताले पनि बुझिसकेका छन्’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्