Logo
Logo

जलस्रोत जोगाउन राष्ट्रपतिको अपिल


567
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलस्रोतको संरक्षण र पर्यावरण जोगाउने प्रेरणा सम्पूर्णलाई प्राप्त होस् भनी कामना गरेकी छन् । विश्व पानी दिवस, २०२२ को सन्दर्भ पारेर आज जारी शुभकामना सन्देशमा उनले यस्तो कामना गरेकी हुन् ।

‘पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ’ राष्ट्रपति भण्डारीबाट आज जारी सन्देशमा भनिएको छ, ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’

‘बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्दछ,’ सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्