Logo
Logo

मस्तिष्कबाट दलित हटाऔँः मन्त्री कार्की


882
Shares

फाइल फोटो

मोरङ । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने हटाउनुपर्ने बताएका छन् ।

५७ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘म दलित हुँ । ऊ माथिको जात हो । त्यसले जस्तो म काम गर्न सक्दिनँ भन्ने मानसिकता हटाऔँ, म पनि अरू जत्तिकै काम गर्न सक्छु भनेर लाग्नुपर्यो ।’, उनले भने । दलित समुदायभित्र पनि निम्न वर्गका मानिसको जीवनस्तर उकास्न लाग्नुपर्ने उनको भनाइ छ ।

प्रदेश नं १ बाट सहभागी महिला जनप्रतिनिधिहरूले आफ्नो ५ वर्षको कार्यकालमा व्यक्तित्व विकासदेखि नेतृत्व विकाससम्मको अनुभव सुनाएका छन् । वडा सदस्य रहेका महिलाहरूले अब पार्टीले जिम्मेवारी दिएमा उपप्रमुख र प्रमुखकै पनि कार्यभार समाल्न सक्ने क्षमता अभिवृद्धि भएको बताए । मन्त्री कार्कीले दलित भएकै कारणले थिचोमिचोमा पर्न नहुनेमा जोड दिए । जनप्रतिनिधिले आफ्नो समुदायका नागरिकको जीवनस्तर उकास्नतर्फ ध्यान दिन उनले निर्देशन दिए । जातीय छुवाछूतकै कारण कोही थिचोमिचोमा पर्छ पने कानून अनुसार कारबाही हुने उनको भनाइ छ ।

‘तपाईंहरु नेता हो, तपाईंहरु सबैको न्याय गर्ने ठाउँमा हुनुहुन्छ । उनले भने, ‘सबै जनताले नै तपाईंहरुलाई भोट दिएको हुनाले समाज सुधार्ने जिम्मेवारी पूरा गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्